देशभर चिसो बढ्दै, जुम्लाको तापक्रम माइनस ५ डिग्रीमा झर्यो

[sharethis-inline-buttons]

२९ कार्तिक,काठमाण्डौ ।देशका बिभिन्न ठाउँको मौसममा आज पनि बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यतिबेला पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही वाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाई छ ।

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावाना छ ।बिहान ६ बजे काठमाण्डौको तापक्रम ९ दशमलब ९ डिग्रि सेल्सियस मापन गरिएको छ भने सबै भन्दा कम तापक्रम जुम्लामा रेकर्ड भएको छ ।

जुम्लामा तापक्रम माईनस ५ मा झरेको छ । यस्तै जिरीमा पनि तापक्रम शुन्यमा झरेको छ ।बिहान ६ बजेर २४ मिनेटमा झुल्किएको घाम बेली ५ बजेर ११ मिनेटमा अस्ताउनेछ ।


प्रकाशित : २०७८ कार्तिक २९ सोमबार