पोर्चुगललाई हराउदै सर्बिया विश्वकप फुटबलमा छनोट

[sharethis-inline-buttons]

काठमाडौं । सर्बिया सन् २०२२ मा कतारमा हुने विश्वकप खेलका लागि छनोट भएको छ । गएराति भएको खेलमा सर्बियाले पोर्चुगललाई उसैको घरेलु मैदानमा २–१ गोलले पराजित गरेपछी सर्बिया विश्वकपमा छनोट भएको हो ।

पोर्चुगललाई विश्वकपमा छनोट हुनका लागि खेलमा मात्र बराबरी गरे पुग्ने थियो । तर खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजले पोर्चुगललाई अग्रता पनि दिलाए तर डुसान टाडिचले पहिलो हाफको अन्त्यतिर खेल बराबरी गरेका थिए । जीतसँगै समूह ए मा २० अङ्कसहित सर्बिया शीर्ष स्थानमा रह्यो । अब अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउनका लागि पोर्चुगलले मार्चमा प्लेअफ खेलहरु खेल्नुपर्नेछ ।


प्रकाशित : २०७८ कार्तिक २९ सोमबार