टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई

[sharethis-inline-buttons]

काठमाडौं । अष्ट्रेलियाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा गएराति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो । अष्ट्रेलियाले पहिलो पटक टी–ट्वान्टी विश्वकपको उपाधि जितेको हो ।

न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियालाई जित दिलाउन मिचेल मार्श र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेल्नुभएको थियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।


प्रकाशित : २०७८ कार्तिक २९ सोमबार