
काठमाण्डौ ।मुस्ताङमा फेरि हिम पहिरो जाने जोखिम रहेको भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा हिजो बिहान ११ बजेर २० मिनेटमा निकै ठूलो हिम पहिरो गएको थियो । अझै पनि त्यो क्षेत्रमा बाक्लो हिउँका ढिस्कोहरु रहेकाले फेरि हिउँ पग्लिएर खस्ने खतरा रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।
हिजो विहान हिउँ पहिरो जाँदा भाग्ने क्रममा लडेर ६ जना घाईते भएका छन ।थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा हिउँ पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
घाईतेहरुलाई उपचारका लागि जोमसोम लैजाने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो । हिउँ पहिरो आएको देखेपछि भाग्दा लडेर उनीहरू घाइते भएका हुन ।आज बिहान करिब ११ बजेर ४० मिनेटमा धौलागिरि हिमालको रेन्जबाट हिउँ पहिरो गएका हो ।