खाँदबारी नगरपालिकाद्वारा दुई दिन स्थानीय सार्वजनिक बिदा

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाद्धारा दुई दिन स्थानीय सार्वजनिक बिदाको घोषणा गरेको छ । हरिबोधनी एकादशीको अवसरमा नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरुलाई बिदा दिइएको हो । आइतबार नगर कार्यपालिकाको बैठकले आइतबार र सोमबार (२८ र २९ गते) निर्णय गरेको हो ।

हरिबोधनी एकादशीको अघिल्लो रात खाँदबारीकै तुम्लिङटार स्थित मनकामना परिसरमा रातभर मेला लाग्ने र बिहान मनकामनाको पुजाआजा र दर्शनका लागि भत्तजनहरुको भिड लाग्ने गरेको छ ।


प्रकाशित : २०७८ कार्तिक २८ आईतवार