टुकुचे पिकबाट हिउँ पहिरो खस्यो, भागदौडमा ७ जना घाइते

[sharethis-inline-buttons]

काठमाडौँ – मुस्ताङस्थित टुकुचे पिकबाट हिउँ पहिरो खसेको छ । आइतबार बिहान हिउँ पहरो खसेको हो । हिउँ पहिरोसहित धुँलो खसेकोले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ ।

हिउँ पहिरोका कारण स्थानीय त्रसित बनेका छन् । यसअघि यति ठूलो पहिरो खसेको अनुभव नभएको गाउँलेले बताए । हिमपहिरो आएपछि भाग्‍ने क्रममा ७ जना घाइते भएका छन् । घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले जानकारी दिइन् । भाग्दा लडेर केही मानिस घाइते भएको तर, मानवीय क्षतिको विवरण आएको छैन ।


प्रकाशित : २०७८ कार्तिक २८ आईतवार