
काठमाडौं । नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित आन्दोलन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई भाेलिदेखि सर्वाेच्च केन्द्रित गर्ने बारले जनाएकाे छ ।
बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च परिसरमा धर्ना दिएका छन् । तर प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाहरुले प्रदर्शन गर्दै बाझाबाझ गर्न खोजेपछि आन्दोलनरत कानुन व्यवसायीहरु आक्रोशित भएका छन् ।
प्रकाशित : २०७८ कार्तिक २८ आईतवार