
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता गर्ने बताएका छन् । तर, त्यसका लागि माओवादीले जनाताका पक्षमा काम गर्नु पर्ने सर्त रहेको उनको भनाइ छ । उनले एकताका लागि प्रचण्ड बैज्ञानिक समाजबादको बाटोमा आउने पर्ने बताएका छन् ।
धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनमा विप्लवले एकता सम्भव रहेको भन्दै माओवादीले जनताको पक्षमा काम गर्नु पर्ने सर्त राखेका हुन् ।
‘माओवादी केन्द्रसँग एकता सम्भव छ, हामी गर्ने नै हो तर त्यसका लागि जनताको पक्षमा काम गर्नुपर्छ । हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौं ।’ उनले भने ।
उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षणसमेत गराएका छन् । गठबन्धन सरकारसँग ती सर्तहरू पूरा गर्न आग्रह गरिररहेको उनले बताए । हालै सरकारले पेट्रोलियम पदार्थमा वृद्धि गरिको शुल्क पनि फिर्ता गर्न विप्लवको माग छ ।