वकिलहरूको अवरोधका बीच प्रधानन्यायाधीश जबरा सर्वोच्च छिरे

[sharethis-inline-buttons]

काठमाडौं । नेपाल बार एसोसिएसनले गरेको अबरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिने नीति अख्तियार गरेपनि उनी अदालत प्रवेश गरेका हुन् ।

बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको थियो । जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेको थियो । तर, जबरा अर्को गेटबाट सर्वोच्च प्रवेश गरेका थिए । चोलेन्द्र सर्वोच्च प्रवेश गरिसकेपछि पनि वकिलहरुले पूर्वनिर्धारित कार्यक्रमअनुसार अदालतमा धर्ना दिने कार्यक्रम जारी राखेका छन् ।

 


प्रकाशित : २०७८ कार्तिक २८ आईतवार