आज देशका पहाडी भू–भागमा मौसम बदली हुने

[sharethis-inline-buttons]

काठमाडौं । आज देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो प्रदेश १ का पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै देशका प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना रहेको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ । महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।


प्रकाशित : २०७८ कार्तिक २८ आईतवार