पोखराबाट १८ लाख नगदसहित ६ जुवाडे पक्राउ

[sharethis-inline-buttons]

काठमाडौँ – प्रहरीले पोखरा महानगरपालिका–१२ बाट १८ लाख नगदसहित ६ जना जुवाडे पक्राउ गरेको छ । चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ६ जना व्यक्तिलाई १८ लाख सात हजार ५३० नगद र ताससहित पक्राउ गरेको हो ।

निजलाई सार्वजनिकहित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीका प्रवक्ता प्रानाउ सुवास हमालले जानकारी दिए । जुवा तास खेल्नका लागि निजले घर नै भाडामा लिइ सिसिटिभी क्यामेरासहित जडान गरी सङ्गठितरूपमा जुवा खेल्ने खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक २७ शनिबार