माओवादी अध्यक्ष प्रचण्ड अस्पताल भर्ना

[sharethis-inline-buttons]

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि शनिबार दिउँसो प्रचण्डलाई मेडिसिटी अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनमा रक्तचाप बढेको बताइएको छ ।

प्रचण्ड केही दिनअघि डोल्पा भ्रमणमा गएका थिए । त्यहाँबाट फर्केपछि उनको रक्तचाप असन्तुलन भएको थियो ।


प्रकाशित : २०७८ कार्तिक २७ शनिबार