
आज पहाडी भेगमा घाम लाग्दै बादल लाग्ने मौसमविद्ले बताएका छन् । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज राति पनि पहाडी भेगको मौसम आशिंक बदली हुनेछ । तर भोलि दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको मौसम बदली हुने उहाँले जानकारी दिनुभयो । मौसम बदली भएपनि पानी पर्ने सम्भावना भने निकै कम रहेको उहाँको भनाइ छ ।
प्रकाशित : २०७८ कार्तिक २७ शनिबार