भारतमा निर्मित कोरोनाविरुद्धको खोप सबैभन्दा बढी प्रभावकारी भएको एक अध्ययानको दाबी

[sharethis-inline-buttons]

भारतमा निर्मित कोरोनाविरुद्धको खोप सबैभन्दा बढी प्रभावकारी भएको एक अध्ययनले देखाएको छ । मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अध्ययनले कोरोनाविरुद्ध भारतमा निर्मित कोभ्याक्सिन खोप सबैभन्दा बढी प्रभावकारी भएको देखाएको हो । फाइजर, मोडर्ना, जोन्सन एण्ड जोन्सन, सिनोफाम लगायत अन्य खोपको तुलनामा कोभ्याक्स एक महिनाको अन्तरालमै ७८ प्रतिशत प्रभावकारी देखिएको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले बताएको छ ।

डब्लूएचओले कोभ्याक्सलाई गत हप्ता आपत्कालिन अनुमतिसमेत दिएको थियो । सो खोप स्वास्थ्य निकायका व्यक्तिहरुलाई लगाइएको थियो । करिब १७ वटा मुलुकमा प्रयोग अनुमति पाइसकेको र हालसम्म आठौँ चरणसम्म दिइएको सो खोप निकै प्रभावकारी भएको अध्ययनले देखाएको हो ।

विशेषगरी कोभिड–१९ लक्षण देखिएका वयस्क मानिसमा कोभ्याक्स खोप लगाउँदा अत्यधिक प्रभावकारी देखिएको छ ल्यान्सेन्टको अध्ययनमा भनिएको छ । सो खोपलाई डब्लूएचओले कम र मध्यम आयश्रोत भएका मुलुकहरुको लागि सबैभन्दा बढी उपयोगी रहेको बताएको छ । कोभ्याक्सिन भारत बायोटेक, भारतीय चिकित्सा अध्ययन परिषद् र राष्ट्रिय भाइरोलोजी संस्थानको संयुक्त सहयकार्यमा बनेको हो ।


प्रकाशित : २०७८ कार्तिक २७ शनिबार