काँकरभिट्टाबाट मात्रै ६३ लाख बढी मूल्यको सयपत्री फूल आयात

[sharethis-inline-buttons]

काठमाडौं । पूर्वी नाका काँकरभिट्टाबाट मात्रै यस वर्षको तिहारमा ६३ लाखभन्दा बढी मूल्यको सयपत्री फूल भित्रिएको छ । गत कात्तिकमा मात्रै भारतबाट ६३ लाख २३ हजार ५ सय ७० मूल्यको ६५ दशमलव ८४ मेट्रिक टन सयपत्री नेपाली बजारमा भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टा निमित्त कार्यालय प्रमखु देविन्द्र साहुले जानकारी दिनुभयो । आयातित फूलले बजार पाइरहँदा झापाका किसानले लगाएको फूल भने बारीमै नष्ट भएको छ । जसका कारण बजारमा फूलको मूल्य बढेको व्यवसायीको भनाइ छ । यस वर्षको बेमौसमी बर्षाले समेत फूल नष्ट गरेको किसानहरूले बताएका छन् ।


प्रकाशित : २०७८ कार्तिक २७ शनिबार