एकताका लागि विप्लव र वैधसँग कुराकानी भइरहेकाे प्रचण्डकाे दाबी

[sharethis-inline-buttons]

काठमाण्डौ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले क्रान्तिकारी नेतृत्व सिध्याउन खोजेको बताउनुभएको छ ।

शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले प्रतिक्रान्तिकारीहरुले बिभिन्न आन्दोलनका उपलब्धिहरु उल्ट्याउने अभियानमा माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाइ सिद्धाउन खोजेको बताउनुभएको हो ।

उहाले प्रचण्डलाई जनताले नै जन्माएको भन्दै माओ, लेनिन, प्रचण्डहरु एउटा कालखण्डमा धेरै जन्मन नसक्ने तर्क गर्नुभयो ।

कार्यक्रममा प्रचण्डले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग छलफल भइरहेको धारणा राख्नुभयो । बिप्लव , मोहन बैद्य लगायतका नेताहरु अव एकै ठाँउ आउनुपर्नेमा उहाले जोड दिनुभयो ।

कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्ताहरुलाई माओवादी प्रवेश गराइएको थियो ।


प्रकाशित : २०७८ कार्तिक २६ शुक्रबार