
२६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत पुगेका छन् । कानुन व्यवसायीहरुको धर्ना छल्न उनी वैकल्पीकबाटो प्रयोग गरी सर्वोच्च प्रवेश गरेका हुन ।
जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रीएका कानुन व्यवसायीले उनलाई सर्बोच्च प्रवेश गर्न नदिने भन्दै विहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए ।
जबरा विहान ११ बज्नै लाग्दा मूल गेटको साटो एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् । सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए ।अरु न्यायाधीशहरु पनि वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालतमा पुगेका थिए ।
प्रकाशित : २०७८ कार्तिक २६ शुक्रबार