दुरुपयोग भएको भन्दै गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी स्थानीयले प्रहरीलाई जिम्मा लगाए

[sharethis-inline-buttons]

सिरहा, २६ कात्तिक । सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी नम्वर प्लेटको गाडी दुरुपयोग गरेको भन्दै जनप्रतिनिधी र स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । छठ पर्वको दिन अध्यक्षका आफन्त र कार्यकता चढेर रातको समयमा घुमिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधीले उक्त गाडी नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन् ।

पालिकाको कुनै कर्मचारी र जनप्रतिनिधी, ड्राईभर समेत नभएकाले स्थानीय र जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताएको छ । रातको समयमा बाटोमा दुईतीन पटक गाडि दौडाएपछि आफूहरूले रोकेर हेर्दा कर्मचारी र जनप्रतिनिधी कोही नदेखेपछि प्रहरीलाई खवर गरेर जिम्मा लगाएको एक वडा अध्यक्षले जानकारी दिए ।

स्थानीयका अनुसार उनीहरू छठको दिन मदिरा सेवन गरेर नाचहेर्न जाँदै गरेको बताइएको छ । उनले गाउँ पालिका अध्यक्ष चढ्ने गाडी यसरी मनोमानी गर्नु चरम दुरुपयोग भएको बताए ।

यता प्रहरीले जनप्रतिनिधी र स्थानीयले नियन्त्रणमा लिई जिम्मा लगाएको बताए । इलाका प्रहरी कार्यालय विष्णुपुरले ल्याएको भएपनि त्यहाँ सुरक्षि नहुनसक्ने भन्दै गाडी जिल्ला प्रहरी कार्यालयमा राखिएको सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
बुधबार राती नै प्रहरीले गाडी लगेको भएपनि अझै गाउँपालिका गाडिलिन पुगेको छैन ।यता गाउँ पालिका अध्यक्ष जागेश्वर यादवले यस विषयमा प्रतिकृया दिन चाहेनन् ।


प्रकाशित : २०७८ कार्तिक २६ शुक्रबार