
२६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जवराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले गरेको प्रदर्शनमा झडप भएको छ । ४ जना पक्राउ परेका छन् । प्रधानन्यायाधीश जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप भएको हो ।
सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका कानुन व्यवसायीसँग उनीहरुको केहीबेर भनाभन भएको थियो । त्यसपछि हात हालाहाल भएको थियो । प्रहरीले केहीलाई पक्रेर भ्यानमा राखेको थियो । अहिले आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा भेला भएर धर्नामा बसेका छन् ।
प्रकाशित : २०७८ कार्तिक २६ शुक्रबार