
२६ कार्तिक,काठमाण्डौ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जवराई सर्बोच्च पअदालत प्रवेशमा रोक लगाउने बारको घोषणापछि अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आन्दोदलनका क्रममा मुडभेट हुन सक्ने भन्दै प्रहरीले महान्यायाधीवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एशोसिएसनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउ–जाउ गर्ने भित्री ढोका बन्द गरिएको छ ।
सेवाग्राही र अन्य व्यक्ति प्रवेश गर्ने सडकतर्फको गेटमा दंगा नियन्त्रण गर्ने उपकरणसहित सुरक्षाकर्मीहरु परिचालित भएका छन् ।भित्री ढोका बन्द गरेसंगै प्रदर्शन हुन सक्ने सम्भाबित वरपरको सडकमा समेत प्रहरीले निषेधाज्ञा लगाएको छ ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि सर्वोच्चमा आन्दोलन भइरहेको छ । आन्दोलनकै कारण सयौँ मुद्दाको सुनुवाइ प्रभावित बनेको छ ।