
मेघराज तामाङ
संखुवासभा । सभापोखरी गाउँपालिका ६ बाह्रविसेबाट सभाखोलाले बगाएका अर्का एक जनाको शव शुक्रबार (आज) विहान भेटिएको छ । हराएको सातौं दिनमा केहि तल रहेको चनौटे दहमा ढुंगामा अडकीएको अवस्थामा शव भेटिएको हो । तिहारको भाईटिकाको दिन बाह्रविसे नजिकै सभाखोलाले बगाएका सभापोखरी १ धुपुका बर्ष ९ का ऋतिक विश्वर्मालाई शुक्रबार (आज) विहान भेटिएको हो भने यो भन्दा अगाडी बर्ष ८ का बिपन विश्वकर्माको शव घटना भएकै दिन भेटिएको स्थानीय कुमार विश्वकर्माले जानकारी दिए ।
प्रकाशित : २०७८ कार्तिक २६ शुक्रबार