
संखुवासभा । संखुवासभाको खाँदबारी ९ मनकामना परिसरमा लाग्ने एकादशी मेलामा गायक राजेश पायल राई आउने भएका छन् । कार्तिक २८ गते राती सञ्चालन हुने एकादशी मेला अर्थात मनकामना खेमराज स्मृति साँझमा मेलाप्रेमी दर्शकलाई मनोरञ्जन दिन राई संखुवासभा आउने भएका हुन् । उनका साथै गायक कमल खत्री, मेलिना मैनाली, एलिना चौहानलगायतका कलाकार एकादशी मेला आउने भएका हुन् ।
तुम्लिङटार स्पोर्टिङ क्लवले आयोजना गर्ने मनकामना खेमराज स्मृति साँझका लागि सम्पूर्ण तयारी सकिएको क्लवका अध्यक्ष देवेन्द्र घिमिरेले इमकालुलाई जानकारी दिए । कोरोना भाइरस कोभिड १९ का कारण पछिल्लो २ वर्ष यता मेला तथा मनोरञ्जनात्मक कार्य नभइरहेको अवस्थामा यो वर्षको एकादशी मेलामा मेलाप्रेमी तथा भक्तजनहरुको बाक्लो उपस्थिति रहने आयोजकले अनुमान गरेको छ ।
जसका कारण चर्चित धार्मिक शक्तिपिठ मनकामना, सतिघाट, तुम्लिङटार लगायत स्थानमा आन्तारिक पर्यटनका लागि समेत टेवा पुग्ने आयोजकको विश्वास छ ।