शुक्रबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा पनि बहस नगर्ने बार एशोसिएशनको घोषणा

[sharethis-inline-buttons]

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सबै बेन्च बहिस्कार गर्ने घोषणा गरेको छ ।

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएको बारले आज सर्वोच्च परिसर भित्र नै प्रदर्शन गरेको थियो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले बल प्रयोग गरेपछि सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको थियो । प्रहरीले प्रदर्शनकारीहरूको माइक खोसेको थियो । सो क्रममा कानुन व्यवसायी र प्रहरी विच धेकलाधकेल भएको थियो ।

घम्साघम्सीका क्रममा बारका महासचिव सहित पाँच जना कानुन व्यवसायी घाइते भएका छन् । प्रहरी दमनको विरोधमा भोलि शुक्रबार सम्पूर्ण इजलास बहिष्कार गर्ने बारका महासचिव लिलामणि पौडेल जानकारी दिए । शुक्रबार सर्वाेच्चको सबै इजलासको बहस पैरवी बहिस्कार गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि धर्नास्थलबाट जानकारी गराए ।


प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार