जलवायु परिवर्तन रोक्न चीन र अमेरिका एकसाथ लड्ने

[sharethis-inline-buttons]

२५ कार्तिक,काठमाण्डौ ।चीन र अमरिकाले जलवायु परिवर्तनसँग जुध्न एक भएर लड्ने घोषणा गरेका छन । ग्लासगोमा भएको कोप २६ सम्मेलन पछि संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै जलवायु परिवर्तनसँग लड्नका लागि दोब्बर खर्च गर्न चीन र अमेरिका सहमत भएका हुन ।

विश्वका दुई ठूला कार्बनडाइअक्साइड उत्सर्जन गर्ने चीन र संयुक्त राज्य अमेरिकाले मिथेन उत्सर्जन घटाउने, जङ्गलको संरक्षण गर्ने र कोइला हटाउनेलगायत जलवायु परिवर्तनसँग जुध्न सहयोग बढाउने सम्झौताको ड्राफ्ट समेत सार्बजनिक गरेको छ ।


प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार