
२५ कात्तिक, विराटनगर । जिल्ला कारागार मोरङमा एक कैदीको ज्यान गएको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका मोरङको रतुवामाई नगरपालिका घर भएका ४३ वर्षीय नारायण थापाको ज्यान गएको हो । १० वर्ष कैद सजाय भएका थापा ६ वर्षयता मोरङ कारागारमा थिए । उनको आज बिहानपख मृत्यु भएको बताइएको छ । उक्त कारागारमा गत मंगलबार चोकीदार समुह र कैदीबन्दी विच दोहोरो झडप भएको थियो । त्यस्को दुई दिन पछि थापाको शंकास्पद मृत्यु भएको हो ।
प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार