सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी खटाईयो

[sharethis-inline-buttons]

२५ कात्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ । प्रहरीले प्रदर्शनकारीहरूको माइक खोसेको थियो । सो क्रममा कानुन व्यवसायी र प्रहरी विच धेकला धेकल भएको थियो ।

प्रदर्शनकारीहरुले प्रदर्शन गर्न नदिएमा सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने बताएका छन् । वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । यसैविच सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरीको समेत परिचालन गरिएको छ । बारको प्रदर्शनका रोक्नका लागी सर्वोच्चमा सशस्त्र प्रहरीको टोली खटाईएको हो ।


प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार