
२५ कात्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ । प्रहरीले प्रदर्शनकारीहरूको माइक खोसेको थियो । सो क्रममा कानुन व्यवसायी र प्रहरी विच धेकला धेकल भएको थियो । प्रदर्शनकारीहरुले प्रदर्शन गर्न नदिएमा सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने बताएका छन् । वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् ।
प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार