सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो

[sharethis-inline-buttons]

२५ कार्तिक,काठमाण्डौ । निरन्तर घटबढ भईरहेको सुनको भाउ आज तोलाको ९४ हजार पुगेको छ । हिजो ९२ हजार ७ सय रुपैयाँका कारोबार भएको सुन आज एक हजार ३ सयले बढेर तोलामा ९४ हजार कायम भएको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज बढेको छ ।

चाँदी आज २० रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयामा कारोबार भईरहेको महासंघले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार