वकिलहरूले आज काठमाडौं उपत्यकाभित्रका सबै अदालतमा धर्ना दिदैँ

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलित भएका वकिलहरूले आज काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना दिने भएका छन् ।

नेपाल बार एशोसिएसनले घोषणा गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरूले कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिन लागेका हुन् ।नेपाल बार एशोसिएसनको अगुवाइमा यसअघि कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिंदै आएका थिए । बारले प्रधानन्यायाधीशलाई राजीनामा नदिए सम्म आन्दोल जारी राख्ने बताएको छ


प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार