छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

[sharethis-inline-buttons]

२५ कार्तिक,काठमाण्डौ ।काठमाण्डौ, ललितपुर र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।ललितपुरको ग्वार्को चोकमा आज बिहानै ट्रकले ठक्कर दिदाँस्कुटर चालक काभ्रेपलाञ्चोकका २१ वर्षीय स्वप्निल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान पौने ६ बजे ना ६ ख १९ ३३ नम्बरको ट्रकले बा ६७ प ४६ ८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

यस्तै काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण भैरव चौर नजिकै नम्बर खुल्न नसकेको सवारी साधनले बा ३१ प ७५४ नम्बरको मोटरसाइकलाई ठक्ककर दिदाँ कञ्चनपुरका ३४ वर्षीय जंग बहादुर चौधरीको उपचारको क्रममा महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा गएरातीे मृत्यु भएको छ ।

यस्तै सप्तरीको बलानबिहुल गाउँपालिका ६ सेहरामा गएराति पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।पैदलयात्री स्थानीय ४० वर्षीय दिलिप कुमार राम र मोटरसाइकल चालक २२ वर्षीय रन्जित कुमार मण्डलको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार २३ वर्षीय त्रिभुवन पासवानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।गएराति सवा १२ बजे स ७ प १२ १७ नम्बरको मोटरसाइकल पैदल हिंडिरहेका दिलिपलाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार