गलकोटमा मन्दिर जीर्णोद्धार र दिव्यधामका लागि धार्मिक महोत्सव हुँदै

[sharethis-inline-buttons]

कौरव खत्री

बागलुङ २५,कार्तिक ।बागलुङको गलकोटमा मन्दिर जीर्णोद्धार एंव विविध सेवा सहितको दिव्यधामको लागि बृहत धार्मिक महोत्सव गरिने भएको छ । गलकोट नगरपालिका ९ रिस्मी छिस दरबारमा आँउदो मंसिर ६ देखि २० गतेसम्म पञ्चकुण्डीय हवनात्मक साङ्ग श्रीलक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव गरिने भएकाे हाे ।

२०२५ सालमा स्थापना भएको श्रीलक्ष्मीनारायण मन्दिरलाई जीर्णोद्धार गर्ने र विविध सेवा सहितको दिव्यधाम सञ्चालन गर्ने उद्देश्य अनुरुप धार्मिक महोत्सव गर्न लागिएको दिव्यधाम सञ्चालन तथा महायज्ञ सम्पादन समितिले जनाएकाे छ ।साथै पन्ध्र दिनसम्म सञ्चालन हुने धार्मिक महोत्सवबाट ५ करोड आर्थिक संकलन गर्ने उद्देश्य समेत राखिएकाे छ ।

धार्मिक महोत्सवका आकर्षकको रुपमा सँवा करोड बत्ती बाल्ने,सम्पूर्ण धर्म गुरुको सहभागिता हुने सन्तहरूको कुम्भ मेला एंव झाँकी एंव साँगतिक प्रस्तुतीहरू सहित आधुनिक तरिकाले महोत्सव गरिने कथा बाचक गुरु श्री सुदर्शन रामानुजदास जीले जानकारी दिनुभयो ।

धार्मिक महोत्सव नजिकीदै गर्दा यतिबेला प्रचार प्रसार र व्यवस्थापन कार्यसँगै आर्थिक संकलन अभियानलाई समेत अगाडी बढाइएको आयोजकले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार