
काठमाडौं । छठ पर्वको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरि मनाइएको छ । छठ पर्व सोमबारदेखि सुरु भएको हो । हिजो साँझ देशरभर अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो भने आज बिहान उदाउँदो सूर्यलाई अर्र्घ दिइएको हो ।
छठका लागि झिलिमिलि पारिएका नदी, खोला र पोखरीस्थित छठघाटमा व्रतालुहरु बिहान पुगेका थिए ।केही दशक अघिसम्म मधेसी समुदायमा सिमित छठ पर्व अहिले सवै समुदायको साझा बनेको छ । यसले सामाजिक सहिष्णुता बढाएको संस्कृति विज्ञहरु बताउँछन् । छठ पर्वले तराई, पहाड र हिमालका नागरिकको बीचमा आपसी सद्भाव र प्रेम बढाउदै लगेको छ ।