
२५ कार्तिक,काठमाण्डौ ।वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसो बाट बच्न मौसमबिदले सर्बसाधरणमा आग्रह गरेको छ । चिसो बढेपनि तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
यतिबेला देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।हिजोको तुलानामा आज थप चिसो बढेको छ । जुम्लामा तापक्रम माईनस दुईमा झरेको छ ।
काठमाण्डौको तापक्रम ९ डिग्रि सेल्सियस छ ।बिहान ६ बजेर २१ मिनेटमा झुल्किएको घाम बेलुका ५ बजेर १३ मिनेटमा अस्ताउनेछ ।
प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार