एमालेले विदेशका ६२ दललाई महाधिवेशनको निम्तो पठायो

[sharethis-inline-buttons]

काठमाडौं । पार्टीको महाधिवेशनमा विदेशी अतिथि बोलाउने परम्परा अनुसारनेकपा एमालेले महाधिवेशनमा छिमेकी देशसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई निम्तो पठाएको छ ।

आउदो मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने दसौँ राष्ट्रिय महाधिवेशनमा भारत चीन लगायत विभिन्न देशका ६२ वटा राजनीतिक दललाई अतिथिका रूपमा निम्तो पठाएको एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । तर हाल सम्म निम्तो स्वीकार गरेर आउने निश्चित भने कुनै देशले गरिसकेको छैन ।


प्रकाशित : २०७८ कार्तिक २४ बुधबार