२८ गतेदेखि बालबालिकालाई फाइजरको खोप सुरू गरिने

[sharethis-inline-buttons]

काठमाडाैं । सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कार्तिक २८ गते देखि लगाउने भएको छ । ४ दिन पछि सुरू गरि खोप कार्यक्रममा१२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगी बालबालिकालाई प्राथमिकतामा राखिएको छ । फाइजर खोपको पहिले मात्रा कार्तिक २८ देखि मङ्सिर ४ गते सम्म लगाइने छ भने दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म लगाईने छ ।

कोभ्याक्स सुविधा मार्फत अमेरिकाले १ लाख मात्रा खोप उपलब्ध गराएको फाइजर खोप दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खोप, काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्रमा लगाइने भएको छ ।


प्रकाशित : २०७८ कार्तिक २४ बुधबार