काठमाडाैं । आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइँदैछ । केही बर्ष अघि तराइ मधेसमा मात्रै मनाइने छठ अहिले काठमाडौं उपत्यका सहित पहाडी समुदायमा पनि मनाउन थालिएको छ । आज काठमाडौंमा छठ मनाउनका लागि तयार पारिएका घाट तथा पोखरीहरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नुभएको छ ।
छठ पर्वको अवसरमा राष्ट्रपति भण्डारी काठमाडौंका विभिन्न जलाशयहरूमा जानुभएको हो । राष्ट्रपति भण्डारी छठका लागि सिंगारिएको काठमाडौंको गुहेश्वरी गौरीघाट र कमलपोखरीमा दर्शन तथा अवलोकनका लागि सहभागी हुनुभएको हो । राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य पनि दिनुभएको छ ।
प्रकाशित : २०७८ कार्तिक २४ बुधबार