
२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्न चुनौती दिएका छन् । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिएका हुन् ।‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ’ देउवाले भने, ‘शासन व्यवस्था विरुद्ध नलाग्नुस् ।’
प्रकाशित : २०७८ कार्तिक २४ बुधबार