
कैलाली । कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने भुपेन्द्र बडुवालको चक्कु प्रहारबाट हत्या भएको हो । हत्या आरोपमा आठ जनालाई पक्राउ गरेको प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
टीकापुरमा रहेको कृषि हाट बजार नजिकै बडुवाललाई तीन/चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । दुई समूहबीच झडप हुँदा घटना भएको प्रहरीको भनाई छ । घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित : २०७८ कार्तिक २४ बुधबार