मकवानपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु, १८ जना घाइते

[sharethis-inline-buttons]

काठमाडाैं । मकवानपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । गएराति साढे १२ बजेतिर जनकपुरबाट काठमाण्डौँ आइरहेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडा गइरहेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक हेटौँडा उपमहानगरपालिका ११ नवलपुरमा ठोक्किँदा घाइते भएका दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार उनीहरुको परिचय खुलेको छैन । घाइते भएका १८ जनाको हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार भएका बसका चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक भने घाइते भएका छन् ।


प्रकाशित : २०७८ कार्तिक २४ बुधबार