
काठमाडौं । आइसीसी टी–२० विश्वकपमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र इङ्ल्याण्ड खेल्दैछन् । खेल दुबइको आबुधाबीमा बेलुकी पौने ८ बजे हुनेछ । दुवै टीम, समूह चरणमा पाँचमध्ये एक खेलमा मात्र पराजित भएका थिए ।
इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टूको उपविजेताको रुपमा सेमिफाइनल भेट पक्का गरेका हुन् । इङ्ल्याण्डले यसअघि पनि टी–ट्वान्टी को उपाधि जितिसकेको छ । तर न्युजिल्याण्डले यो सफलता हात पार्न सकेको छैन । टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भोलि पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित : २०७८ कार्तिक २४ बुधबार