
२४ कार्तिक,काठमाण्डौ ।देशभरको मौसम आज पनि सामान्यतया सफा रहने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन।
यतिबेला देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकि भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाई छ ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
काठमाण्डौ उपत्यकाको बिहानको तापक्रम ९ डिग्रिसेल्सियस रहेको छ । जुम्लामा तापक्रम माईनस एकमा झरेको छ । जोमसोममा ३ दशमलव २ डिग्रि तापक्रम मापन गरिएको छ । बिहान ६ बजेर २० मिनेटमा झुल्किएको घाम साँझ ५ बजेर १४ मिनेटमा अस्ताउनेछ ।