यथास्थितिमा एमसीसी पारित गर्न नहुने माओवादीको निष्कर्ष

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी अगाडी बढ्न नसक्ने स्पष्ट पारेको छ । पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले एमसीसीमा बिषयमा भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी अगाडी बढ्न नसक्ने स्पष्ट पारेको हो ।

यसअघि प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीलाई अघि बढाउन आफु र माओवादी अध्यक्ष प्रचण्डले पत्र लेखेको अभिव्यक्ति दिएपछि तर्क बितर्क हुँदै आएको थियो । एमसीसीमा रहेका केहि बिषयमा आपत्तीजनक रहेको र राष्ट्रिय सहमति नभइ अघि नबढ्ने माओवादी प्रवक्ता कृष्ण बहादुर महराले बताउनुभयो ।

त्यस्तै माओवादीले न्यायलयमा भइरहेको आन्दोलनका बिषयमा कुनै हस्तक्षेप नगर्ने र समस्यालाई न्यायलयले नै टुङ्गाउनुपर्ने महराले बताउनुभयो ।

 


प्रकाशित : २०७८ कार्तिक २३ मंगलवार