एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको संकेत

[sharethis-inline-buttons]

काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने संकेत गरेका छन् । मनस्थिति बनाएका छन् । गृह जिल्ला अछामको साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले आगामी महाधिबेशनमा अध्यक्षको उम्मेद्वार बन्न तयार रहेको संकेत गरेका हुन् ।

अध्यक्षको उम्मेदवार बन्छु भनेर उनले प्रष्टसँग नभने पनि आफू कार्यकर्ताको भावना अनुसार चल्न तयार रहेको बताएका थिए । उपाध्यक्ष रावलले अध्यक्ष शब्दको प्रयोग नगरे पनि उम्मेदवार बनेर हार्न तयार रहेको समेत बताए ।

‘महाधिवेशनमा कतिपय साथीहरूले तपाईं केमा उठ्नुहुन्छ भन्नुभएको छ । मैले तपाईंहरू जेमा उठ भन्नुहुन्छ म त्यसैमा उठ्छु भनेको छु’ रावलले भने,‘तपाईंहरूको पनि केही छ भने भन्नुहोस् ।’

रावलको प्रश्नमा उनका कार्यकर्ताहरूले अध्यक्ष भनेर भनेका थिए। त्यसपछि रावलले प्रस्ताव नै रहेछ भन्ने जवाफ फर्काए।
‘मैले यत्रो वर्ष काम गरेको छु । जनताको र कार्यकर्ताको आवाज कमजोर हुन दिन्नँ । त्यो जे गर्दा बलियो हुन्छ म त्यसका लागि कत्ति नहिचकिचाइ उच्च मनोबलका साथ अघि बढ्छु । कतिपयले सोध्नुभएको छ, हैन र्हायो भने के गर्ने? अनि मैले के भनेको छु भने चुनावमा लडेपछि नहार्ने को छर? केपी ओलीले हारेका थिएनन् र आठौं महाधिवेशनमा ।’ उनले भनेका थिए ।


प्रकाशित : २०७८ कार्तिक २३ मंगलवार