तीन प्रदेशका प्रदेश प्रमुखहरू फेरिए

[sharethis-inline-buttons]

काठमाडौँ – सरकारले विभिन्न ३ प्रदेशका प्रदेश प्रमुखहरू परिवर्तन गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो ।

सरकारले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।


प्रकाशित : २०७८ कार्तिक २३ मंगलवार