भीम रावलको प्रश्न- झापामा लागू हुने अपानि सुदूरपश्चिममा किन नहुने ?

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बोलाइएको सुदूरपश्चिम कमिटीको बैठकप्रति आपत्ति जनाएका छन् । नेता रावलले आज एक ट्वीट गर्दै बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत रहेको दाबी गरेका हुन् ।

बैठक र यसका निर्णयहरू अवैध र अमान्य हुँदै बताउँदै रावलले यसलाई गुटबन्दीको नमुना रहेको पनि बताएका छन् । उनले प्रश्न छ – अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?

‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गु टबन्दीको नमूना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?’उनले लेखेका छन् ।


प्रकाशित : २०७८ कार्तिक २३ मंगलवार