प्रधानन्यायाधीश जबराले तोके आफ्ना लागि इजलास

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आज पनि आफ्ना लागि एकल इजलास तोकेका छन् । उनले आफ्नो एकल इजलाससहित अन्य ९ वटा इजलास तोकेका छन् । मंगलबार प्रकाशित पेसी सूचीमा बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेक सबै मुद्दा पेसीमा राखिएको छ ।

यस प्रधानन्यायाधीश जबरा र सर्वोच्च अदालतका अरु न्यायाधीशहरूबीच थप मतभेद हुने स्थिति देखा परेको छ । बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका प्रधानन्यायाधीश जबराले त्यो सहमति विपरीत कार्यगरेका छन् ।


प्रकाशित : २०७८ कार्तिक २३ मंगलवार