सुनकाे मूल्य घट्याे

[sharethis-inline-buttons]

२३ कार्तिक,काठमाण्डौ ।सुनको भाउ आज घटेको छ । बजार खुलेको पहिलो दिनमै हिजो पन्ध्र सयले बढेको सुन आज भने घटेको हो ।

हिजो ९२ हजार ५ सय रुपैयाँ तोलामा किनबेच भएको सुन आज तोलामा २ सयले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोेबार भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । हिजो एकै दिन २५ रुपैयाँले बढेको चाँदी आज पनि १ हजार २ सय ५० रुपैयामा कारोबार भईरहेको महासंघले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक २३ मंगलवार