किन बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’ ?

[sharethis-inline-buttons]

काठमाडौं । चर्चित कमेडी सो मुन्द्रेको कमेडी क्लब बन्द हुने भएको छ । उक्त सोका सञ्चालक जितु नेपालले कार्यक्रम बन्द गर्ने घोषणा गरेका छन् । करिब अढाई बर्ष अघि सञ्चालन सुरु भएको उक्त कार्यक्रमको १ सय ३२ भाग सम्म प्रसारण भइसकेको छ । सोमबार बेलुकी ‘मुन्द्रको कमेडी क्लब’को अन्तिम एपिसोड प्रसारण भएको थियो ।

सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रम सञ्चालक नेपालले मुन्द्रेको कमेडी क्लब बन्द हुने औपचारिक घोषण गरे । उनले कार्यक्रमबाट मीठो अनुभवसहित बिदा हुन लागेको पत्रकारसँग बताए । सुरुमा कार्यक्रम बन्द गर्नुपर्ने ठोस कारण बताउन आनाकानी गरेका नेपालले पत्रकारले बारम्बार आग्रह गरेपछि केहि कारण बताए ।

उनले उमेश राई ‘फुलेन्दीकी आमा’ले दिएको धोकाको कारण कार्यक्रम बन्द गर्न लागेको बताएका छन् । फुलन्देकी आमाले उही चरित्रमा डान्स प्रतियोगिताको होस्ट गर्न लागेको भन्दै उनले आफुलाई धोका भएको उनले गुनासो गरे । एउटै व्यक्तिले दुईवटा कार्यक्रम एउटै चरित्रमा होस्ट गर्दा कार्यक्रमलाई असर पर्ने उनले बताए ।

उनले भने, फुलन्देकी आमाले उही चरित्रमा डान्स प्रतियोगिताको होस्ट गर्न लागेको समाचार आएपछि पहिला त पत्याइँन । तर फोन गरेर के हो भाइ यस्तो समाचार छ त भन्दा हो दाइ भन्यो । अनि यस्तो गर्न कहाँ भयो त भाइ, एउटै चरित्रमा दुईतिर कार्यक्रम गर्न त भएन नी भन्दा दाइ म उता धोका दिन सक्दिन भन्यो । अनि मलाई चैं धोका दिन मिल्थ्यो त ?’

फुलन्देकी आमाले दिएको धोकाले आफूलाई आफ्नो टिमले नै धोका दिएको रुपमा अथ्र्याउँदै कार्यक्रम बन्द गर्ने निर्णय गरेको बताए । सानातिना स्टेज सो गर्दै आएका फुलन्देकी आमालाई जितुले नै कमेडी क्लबमा मौका दिएका थिए ।

 


प्रकाशित : २०७८ कार्तिक २३ मंगलवार