प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका जाने भएका छन् । भारतीय समकक्ष जनरल नरवणेको निमन्त्रणमा प्रधानसेनापति शर्मा मंगलबार नयाँ दिल्ली प्रस्थान गर्दैछन् ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा अनुसार उनलाई भोलि मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको छ।


प्रकाशित : २०७८ कार्तिक २३ मंगलवार