नेपाल आइसीसी टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा

[sharethis-inline-buttons]

काठमाडौं । नेपाल आइसीसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा छानिएको छ । सन् २०२२ को फेब्रुअरी तथा मे महिनामा हुने ग्लोबल छनोटमा नेपाल छानिएको हो । आइसीसी टी–२० वरीयताका आधारमा नेपालले सिधै ग्लोबल छनोट खेल्ने अवसर पाएको हो । योसँगै नेपालले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु नपर्ने भएको छ ।

नेपालले जिम्बाबे, युएई, हङकङ तथा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले २०२० को जनवरीको वरीयताअनुसार नै सन् २०२२ को विश्वकप ग्लोबल छनोट प्रक्रिया सार्वजनिक गरेको हो ।

ग्लोबल छनोटमा १६ टोलीले भाग लिने आइसीसीले जनाएको छ । आइसीसीले सहभागी टोलीलाई दुई समूहमा विभजित गरेको छ । प्रत्येक समूहमा आठ टोली हुनेछन् । दुई समूहका शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकपमा स्थान पक्का गर्नेछन् ।


प्रकाशित : २०७८ कार्तिक २३ मंगलवार